Saturday, 23, September, 2023

युम–ए–तकबीरको रजत जयन्ती मनाइँदै

लाहोर,  सन् १९९८ मे २८ मा देशको रक्षालाई अजेय बनाएको आणविक परीक्षणको स्मरणमा आइतबार पाकिस्तानमा युम–ए–तकबीरको रजत जयन्ती मनाइँदैछ ।
यस दिनले पाकिस्तानलाई विश्वको सातौं आणविक राष्ट्र र शान्तिपूर्ण उद्देश्यका लागि अधिकतम प्रतिरोध प्रयोग गर्न आफ्नो रक्षा भण्डारमा आणविक हतियार भएको पहिलो मुस्लिम राज्य बनाएको थियो ।

ईएसपीले यो उपलब्धिले हाम्रो क्षेत्रमा पावर डाइनामिक्सलाई नयाँ आकार दिएको बताएको छ। उसले विश्वसनीय न्यूनतम डिटेरेन्स स्थापनाको उल्लेखनीय उपलब्धिको सम्झना गर्दैं ती प्रतिभाशाली दिमागहरूलाई श्रद्धाञ्जली अर्पण गरेको बताएको छ ।

यसैबीच, प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले शनिबार देशको रक्षा, सार्वभौमसत्ता, राष्ट्रिय गरिमा र स्वतन्त्रता राष्ट्रका लागि सबै कुराभन्दा माथि रहेको र यसको स्वतन्त्रता खोस्ने साहस कसैमा नभएको बताए। सन् १९९८ मा पाकिस्तानले गरेको आणविक परीक्षण दिवसको उपलक्ष्यमा यूम(तकबिरको अवसरमा सन्देश दिँदै प्रधानमन्त्रीले यस दिनले रक्षा, ऐक्यबद्धता र राष्ट्रिय हितका लागि आफूहरू कुनै पनि बलिदानबाट पछि हट्ने छैन भनी स्मरण गराएको बताए । उनले ऐतिहासिक दिन ‘देशको सार्वभौमसत्ता र रक्षामा कुनै सम्झौता नगर्ने’ स्पष्ट घोषणा भएको बताए ।

सम्बन्धित समाचारहरु