Thursday, 11, August, 2022

नुवाकोटका जनताले आवश्यक ठाने प्रत्यक्ष निर्वाचन लड्छु : प्रवक्ता महत

काठमाडौं, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटका जनताले आवश्यक ठानेको खण्डमा आफू प्रत्यक्ष निर्वाचन लड्ने बताएका छन् ।

बिहीबार आफ्नै निबासमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता महतले आफुले नुवाकोट जिल्लाको लागि विकास निर्माणमा महत्वपूर्ण योगदान गरेको स्मरण गराउँदै यस पटक प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने इच्छा रहेको बताए ।

उनले छहरे टोखा सुरुङ  मार्ग निर्माण, बालाजु ककनी सडक निर्माण लगायत नुवाकोटको विकास लागि धेरै काम गर्न बाँकी रहेको समेत बताउनुभयो । उनले आफूले उर्जामन्त्री भएका बेला नुवाकोट जिल्लाको अधिकांश स्थानमा विद्युतीकरण गरेको समेत स्मरण गराए । नेता महतले हरेक नेता कार्यकर्ताको योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्नेमा जोड दिए ।

पत्रकारहरुले सोधेको अर्को एक प्रशंगमा आफ्ना दाजू डा। रामशरण महतको लिगेसीलाई निरन्तरता दिन क्षेत्र नं १ बाट निर्वाचन लड्न खोज्नु भएको त होइन रु भन्ने प्रश्नमा उनले पार्टीमा आफ्नै हैसियत कम भएका बेला समेत दाजुको पावरको प्रयोग नगरेको भन्दै आफु हरेक काममा विश्वास गर्ने भएकाले आफ्नो कामको आधारमा नै निर्वाचन लड्न चाहेको बताए ।
केसी निवासमा साउन १५ मनाउन जानुभयो नि के केसी परिवारसँग सम्बन्ध सुध्रिएको हो त रु भन्ने पत्रकारहरुको प्रश्नमा नेता महतले आफुले कहिलेपनि केसी परिवार भनेर बायस नगरेको र उहाहरुले निम्ता गरेको खण्डमा सँधै जाने बताए ।

नेता महतले नुवाकोट जिल्लामा केसी र महत भन्ने कुरा अन्त्य गर्दै कांग्रेसलाई एक बनाएर लैजानुपर्नेमा जोड दिए । पत्रकारहरुले सोधेको अर्को एक प्रश्नमा उहाँले कसैसँग तालमेल नगरी सरकार बनाउन नसकिने भन्दै अहिले अरु दल खोजेर गठबन्धन गर्नु भन्दा यहि गठबन्धनलाई कायम राखेर जाने पक्षमा नेपाली कांग्रेस रहेको बताए ।

उनले प्रधानमन्त्री देउवा आफ्नो कारणले बदनाम भएको भन्ने समाचारप्रति कडा आपत्ति जनाउँदै आफुलाई दिएको जुनसुकै जिम्मेवारी पनि सफल रुपमा पुरा गरेको बताए ।

पछिल्लो समय डा. महतलाई नुवाकोट क्षेत्र नं १ बाट निर्वाचन लड्नका लागि कांग्रेसका नेता कार्यकर्ताले दवाव दिइरहेका बेला उनले पत्रकारसँग आफ्नो धारणा सार्वजनिक गरेका हुन् । गत निर्वाचनमा काठमाडौं ५ बाट निर्वाचन लडेका महत यस पटक भने आफ्नै गृह जिल्लाको क्षेत्र नं १ र २ मध्ये एकबाट निर्वाचन लड्ने इच्छा व्यक्त गरेका छन् ।