Thursday, 11, August, 2022

कोरोना विश्वव्यापी समस्या रहेकोले विश्वकै देशहरुमा सहयोगको भावना हुनुपर्नेमा जोड

काठमाडौं, कोरोना महामारी कुनै एक देशको मात्र समस्या नभई विश्वव्यापी समस्या रहेकाले यसको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिईएको छ ।

पाकिस्तानको स्वतन्त्रता दिवशको ७५ औं वर्षको पूर्वसन्ध्यामा, पाकिस्तानको दूतावासले पाकिस्तान अध्ययन केन्द्रसँगको सहकार्यमा आयोजना गरेको दक्षिण एशियामा कोभिड १९ महामारीको सामाजिक(आर्थिक प्रभावहरू विषयक कार्यक्रममा वक्ताहरुले विश्वका सबै देशले एकले अर्कोलाई सहयोग आदान प्रदान गरेर यसको सामना गर्नुपर्ने बताएका हुन्  ।

होटल एम्बेसेडर, लाजिम्पाटमा भएका कार्यक्रममा शिक्षाविद्, राजनीतिज्ञ, बुद्धिजीवी, सामाजिक अभियन्ता, पत्रकार, लेखक, विश्लेषक लगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको थियो । दक्षिण एसियाली जनताको सामाजिक र आर्थिक जीवनमा कोभिड १९ ले पार्ने प्रभाव र समाजको सुधारका लागि महामारीको समग्र प्रभावलाई न्यूनीकरण गर्ने उपायहरूबारे छलफल गरिएको हो ।

कार्यक्रममा, प्यानलले दक्षिण एसियाली क्षेत्रमा कोभिड(१९ को गम्भीर प्रभाव न्युनिकरणका लागि आम जनताको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा परेको प्रभावलाई कम गर्न सहयोगको सुझाव दिए । उनीहरूले प्रभावकारी रूपमा महामारीको सामना गर्न पाकिस्तान सरकारको प्रयासको प्रशंसा पनि गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एच।ई। राजदूत सैयद हैदर शाहले विशिष्ट अतिथि, प्यानललाई स्वागत गर्दै महामारी कुनै एक देशको समस्या नभई विश्वव्यापी चुनौती हो जसका लागि यस संसारलाई हाम्रा आगामी पुस्ताका लागि सुरक्षित स्थान बनाउन क्षेत्रीय र विश्वव्यापी प्रयास आवश्यक रहेको बताउनुभयो ।