Wednesday, 07, June, 2023

एसपीपीबारे अमेरिकी दूतावासको स्पटिकरण

काठमाडौं, अमेरिकाको नेपालस्थित दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको छ । यो कार्यक्रमका लागि कुनै देशबाट माग भएमा भने सम्बोधन गर्ने गरेको दूतावासको भनाइ छ ।

स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० सम्झौताबारे नेपालका विपक्षीसँगै सत्तारुढ दलहरुले प्रश्न उठाएका छन् । त्यही बेला अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ, ‘स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद् विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ ।’

आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहेको बताउँदै यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम भएको जनाएको छ ।