Tuesday, 28, June, 2022

सरकारले गर्यो आइतबार बिदा दिने निर्णय खारेज

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता लिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय खारेज गरेको हो ।

सरकारले यही जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो ।

दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू गरिएको थियो ।

दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता लिनुपर्ने दबाब बढिरहेको थियो । यससँगै सरकारले असारबाट लागू हुनेगरी आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।