Wednesday, 29, June, 2022

स्थानीय तह निर्वाचनः बाजुराको बुढीगंगामा फेरि मतदान हुने

काठमाडौँ । विवादका कारण मतदान रोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान हुने भएको छ ।

निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा फेरि मतदान गर्ने जानकारी दिएको हो ।

आयोगका अनुसार बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका एसपी दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले उनीहरुलाई तीन दिनभित्र हटाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णयसमेत भएको छ ।

यसअघि वैशाख गते भएको स्थानीय तहको निर्वाचन अन्र्तगत मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको थियो ।

यद्यपी पुनः निर्वाचन गर्ने जनाएको भएपनि निर्वाचन आयोगले मिति र समय भने तोकेको छैन् । सुरक्षा व्यस्था कडा पारी यथाशीघ्र तोकिने जनाएको छ ।