Thursday, 11, August, 2022

वडा नम्बर ३ लाई गोदावरीकै नमूना वडा बनाउछुः नवनिर्वाचित वडाध्यक्ष घिमिरे

काठमाडौँ । गोदावरी नगरपालिका वडा नम्बर ३ का नवनिर्वाचित वडा अध्यक्ष राज घिमिरेले सरकारी सेवासुविधा नलिने र उक्त सेवा सुविधा सामाजिक कार्यमा खर्च गरि वडालाई गोदावरीकै नमूना वडा बनाउँने  घोषणा गरेका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट गोदावरी नगरपालिका वडा नम्बर–३ को वडा अध्यक्षमा निर्वाचित घिमिरे पदभार ग्रहणका क्रममा यस्तो कुरा बताएका हुन् ।

उनले वडा अध्यक्षमा मनोनयन दर्ता गर्ने बेला र आफ्नो घोषणा तथा प्रतिबद्धता पत्रमा पनि सोही कुरा उल्लेख गरेका थिए ।

यसका साथै उनले आज पदभार ग्रहण गर्ने क्रममा ५ वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, रोजगार र खानेपानीलाई जनपक्षीय बनाउदै भ्रष्टाचार मुक्त वडा बनाउने अठोटसमेत गरेका छन्।

युवा अवस्थामै पेशाले एक सफल व्यावसायी तथा स्थापित कलाकार बनिसकेका उनले कोरोना काल तथा भूकम्पको समयमा विभिन्न किसिमका सहयोगहरू गर्दै जनताको मनमा बस्न सफल भएका छन् ।

यस्तो छ उनको घोषणा तथा संकल्प पत्रः
निर्वाचन अघि नै मैले यस वडाबासिलाई खानेपानीमा केही नयाँ गर्ने र शुद्ध सफा अनि पर्याप्त खानेपानी दिलाउने भन्दै आएकोले म निर्वाचित भए लगत्तै मैले खानेपानीका अध्यक्ष श्री श्याम कृष्ण सिल्वाल दाइसँग १५,००० ९पन्ध हजार० लिटरसम्म खानेपानी निःशुल्क गराउने विषयमा छलफल गरे । उहाँ पनि यो कुरा राम्रो हो भन्दै सहमत हुनुभयो । अनि हिजो खानेपानीबाट निर्णय पनि भयो र अब १५,००० लिटरसम्म पानी प्रयोग गर्ने उपभोक्ताहरुलाई अब सो १५,००० लिटरसम्म निःशुल्क हुने व्यवस्था गरेका छौँ र अब कसरी सबैलाई पर्याप्त खानेपानी पुर्याउने भन्ने विषयमा वडाको ध्यान गएको कुरा पनि सबैमा जानकारी गराउदछौँ ।