काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपौयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय रुपौयाँले वृद्धि गरेको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपौयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपौयाँ, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ रुपौयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८ सय रुपौयाँ पुगेको छ ।
निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपौयाँले वृद्धि गरेको थियो ।