Tuesday, 28, June, 2022

बुढानीलकण्ठ स्कूलको अभिभावक भेलामा मध्यरातमा माइक हानाहान र मतपत्र च्याताच्यात

काठमाडौँ । सरकारको पूर्ण स्वामित्व रहेको बुढानीलकण्ठ स्कूलमा मध्यराति मतपत्र च्याताच्यात र माइक हानाहान भएको छ ।

स्कुलको अभिभावक भेलामा अभिभावकहरूबीच मतपत्र च्याताच्यात र माइक हानाहान भएको हो ।

सन् १९८१ मा बृटीश व्यवस्थापनले जारी गरेको फोब्सको विधानको व्यवस्थापनले आफूखुशी व्याख्या गरेर अभिभावकहरुको अधिकार स्कूल व्यवस्थापनले लिएर हस्तक्षेप गरी फोक्सको नयाँ कार्यसमिति चुनेको कुरामा विवाद हुँदा हानाहानको अवस्था सिर्जना भएको हो ।

फोब्सको साधारणसभा वैशाख १७ गते बिहान ११ बजे बोलाएर दुई महिनाअघि मोबाइलबाट एसएमएस पठाइएको थियो । विद्यालयमा वार्षिक बिदा भएको समयमा साधारणसभा बोलाइएको थियो ।

१२ सय अभिभावकमध्ये करिब एक सय जनाको उपस्थितिमा सभा १२ बजे संचालन गरिएको थियो । २ सय जना मात्रै विद्यार्थी रहेको सन् १९८१ मा राखिएको गणपूरक संख्या ९० जनालाई आधार मानेर थोरै अभिभावककै उपस्थितिमा साधारणसभा संचालन गरिएको थियो ।

यता, स्वतन्त्र निर्वाचन हुन नदिई मध्यरातमा गुण्डागर्दी तथा ज्यादती भएको भन्दै अभिभावकले अदालत गुहार्ने तयारी गरेको स्रोतले जनाएको छ ।