Monday, 04, July, 2022

राज्यबाट कुनै सुविधा नलिइ जनताको लागि काम गर्छुः राज घिमिरे

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर –३ को अध्यक्ष पदका उम्मेदवार राज घिमिरेले जनप्रतिनिधि भएपछि आफूले कुनैपनि सरकारी सेवा तथा सुविधा नलिने घोषणा गरेका छन् ।

माओवादी केन्द्रको तर्फबाट उम्मेदावारी दिएका समाजसेवी तथा नायक घिमिरेले आफूले जनताको सेवा र विकासका लागि उम्मेदवारी दिएको बताउँदै जितेपछि कुनैपनि सरकारी सेवा तथा सुविधा नलिइ जन कल्याणका लागि काम गर्ने बताउँदै यस्तो घोषणा गरेका हुन् ।

समाजसेवा तथा राजनीतिमा लागेर कम उमेरमै पनि निकै लोकप्रियता कमाउन सफल घिमिरे गोदावरी क्षेत्रमा प्रभावशाली नेताको रुपमा परिचित छन्।

भूकम्प होस् या कोरोना महामारिको समय समस्यामा परेका जनताको लागि निरन्तर काम गरी रहेका उनलाई यसपालिको स्थानीय तहको निर्वाचनमा जनस्तरबाट राम्रो साथ मिल्ने आंकलन गरिएको छ ।

कलाकारीतामा लागेर रिलमा हिरोको रुपमा स्थापित भएका उनी रियलमा पनि हिरो नै भएर स्थापित हुने दाउमा छन् । गोदावरीलाई सुुन्दर, शान्त र आकर्षक पर्यटकीय नगरी बनाउने आफ्नो प्रमुख सपना र चाहना भएको बताउने उनले वडाको विकासका लागि थुप्रै योजना संगालेका छन् ।