Saturday, 28, May, 2022

भारतले लिपुलेकमा सडक निर्माण गर्नु आपत्तिजनक : नेपाली काङ्ग्रेस

काठमाडौं । नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आभारतले लिपुलेकमा सडक निर्माण गर्नु आपत्तिजनक : नेपाली काङ्ग्रेसपत्तिजनक भएको बताएको छ । सडक निर्माण रोक्न माग गरेको उसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्नेमा काङ्ग्रेसले जोड दिएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ, ‘यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्दछ । कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’