Saturday, 28, May, 2022

सेवा गरेर कहिल्यै नथाक्ने समाजसेवी घिमिरे

ललितपुर, यदि कोहि कसैलाई अफ्ट्यारो, आपद, बिपद परको खबर पाउने वित्तिकै दिन रात नभनी उनि कुदिहाल्छन् । ललितपुरको विशेषगरि गोदावरीका मानिसहरुले प्राय केहि समस्या भयो कि सम्झिहाल्ने नाम हो राज घिमिरे । हो, राज घिमिरे चपली हाईट चलचित्रका नायक हुन् तर उनले समाजमा वास्तविक नायकको भूमिका निर्वाह गरिरहेका छन् ।

समाजसेवी घिमिरेले समाजसेवी घिमिरेले एम्बुलेन्स नपाएर अस्पताल जान आउन समस्या भई आपतविपतमा परेका बिरामीलाई समेत आफ्नो निजि गाडी दिदैं आएका छन् । अस्पतालमा उपचार गर्न नसक्ने अवस्थाका आर्थिक स्थिती नाजुक भएका बिरामीको उपचार समेत उनले गराउँदै आएका छन् ।

आफ्नी आमा मेजर हार्ट अट्याक आएर हाल गंगालाल अस्पतालमा उपचाररत रहँदा घिमिरे आमाको सेवाका लागि कहिले अस्पतालमा त कहिले अन्य ठाउँमा कुदिरहेका देखिन्छन् । स्थानिय राजु थिङका अनुसार, आफ्नी प्राणप्यारी आमा अस्पतालको सिसियुमा उपचाररत रहदा पनि सबैका आमावुवा आफ्नै आमाबुवा सम्झेर सहयोगका लागि उहाँ हाजिर हुनुभयो, भर्खरै मात्र पनि राज दाईले निकै लामो समयदेखि बिरामी भई उपचार गराउन नसकिरहेका गोदावरी नगरपालिका ३ पौडोलका शेरबहादुर तामाङलाई  आर्थिक सहयोग गर्नुभयो ।  मासिक रुपमा सहयोग  गर्दै आएकोमा आज पनि राज घिमिरे दाईले २० हजार रुपैयाँ बिरामीका हातमा थमाईदिदा बिरामीका आँखा रसाएका थिए । थिङ भन्छन् —“महामानव भगवानको पालामा मात्रै देखिन्थे भनिन्थ्यो तर यो कलियुगमा पनि राज घिमिरे दाईजस्तो मनकारी व्यक्ति देखिने रहेछ ।”

यस्ता धेरै जनालाई उहाँले सहयोग गर्दै आउनुभएको छ । त्यसैगरि उनले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि पनि पढाई  खर्च मासिक रुपले दिईरहेका छन् ।

त्यतिमात्र नभई विकास निर्माणको काममा पनि घिमिरे तल्लिन देखिन्छन् । गोदावरी नगरपालीका ३ टौखेलका स्थानिय  घिमिरेले आफ्नो निजि खर्चमा सडक बत्ती जडान गरिदिएर गोदावरीलाई झिलिमिली पारेका छन् । उनले १० औं लाख रुपैया आफ्नो निजि खर्चले गोदावरी नगरपालिका ३ बियर फ्याक्ट्रीदेखि मन्दिर परिसर र कुण्डसम्म जाने बाटोको लागि बत्ती जडान गरि उज्यालो पारेका हुन् ।
राज भन्छन् – “मेरो अन्तिम सास रहेसम्म म कुनै पदमा नहुँदा पनि मैले सकेको सामाजिक कार्य, विकास निर्माण कार्य गरि नै रहन्छु ।”

चर्चित नेपाली चलचित्र चपली हाईटका नायकसमेत रहेका घिमिरे भुकम्पका बेला उद्धार गर्न र राहत वितरणमा व्यस्त थिए भने विश्वव्यापी कोरोना महामारीका बेला राहत वितरणमा पनि खटिएका थिए । कोरोना भाईरसबारे सचेतना फैलाउनेदेखि कोरानाको नयाँ भेरियन्टको संक्रमण ह्वात्तै बढेर जटिल प्रकारका संक्रमितले अस्पताल भरिभराउ हुँदा देशभर अक्सिजनको अभाव भएको बेला उनि एक्लै अक्सिजनको सिलिण्डर बोकेर संक्रमित र संक्रमितका आफन्तकहाँ पनि पुगेका थिए ।

यदि कसैलाई केहि समस्या परेमा मोबाईल नम्बर ९८५१०६२४५७ मा फोन गर्न समेत आग्रह उनले गरेका छन् ।