Wednesday, 19, January, 2022

काँग्रेस केन्द्रिय सदस्यमा डा. अबुल हुसेन अन्सारीबाट उम्मेदवारी घोषणा

काठमाडौं, नेपाली काँग्रेसका भातृ संस्था ने.वि. संघका निवर्तमान केन्द्रिय सदस्य तथा १४ औं अधिवेशनबाट निर्वाचित केन्द्रिय महाधिवेशन प्रतिनिधि डा. अबुल हुसेन अन्सारीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली काँग्रेसको १४ अधिवेशनमा पुर्वाञ्चलबाट मुस्लिम कोटाबाट केन्द्रिय सदस्यका लागि डा. अन्सारीले उम्मेदवारी घोषणा गरेका हुन् । सुनसरी क्षेत्र नं.४ ख बाट भोक्राहा नरसिंह गाउँपालिका वडा नं.४को वडा अधिवेशनमा क्षेत्रिय प्रतिनिधि हुँदै क्षेत्र नं.४ को क्षेत्रिय अधिवेशनबाट उनी भारी मतले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

नेपाली काँग्रेस पृष्ठभुमि बोकेका परिवारका डा. अन्सारीका दाजु हारुन अन्सारी सुनसरी क्षेत्र नं.४ ख का पुर्व सभापति तथा भोक्राहा नरसिंह गाउँपालिका वडा नं.४ को वर्तमान नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन । आज भन्दा तीस वर्ष अगाडी सुनसरीको सदरमुकाम इनरुवालाई केन्द्र विन्दु बनाएर पत्रकारिता पेशामा ख्याति कमाएका डा. अन्सारी बंगलादेशबाट चिकिसाशास्त्रमा उपाधि हासिल गरि डाक्टर बनेका हुन । उनी विद्यार्थी जिवनमा ने.वि.संघमा सकृय रहि ने.वि.संघका निर्वतमान केन्द्रिय सदस्य समेत रहेका छन् ।

मुस्लिम समुदायका अग्रज नेताहरु पुर्वाञ्चलका जिल्ला अधिवेशनबाटै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि केन्द्रिय महाधिवेशन प्रतिनिधि गफार अंसारी केन्द्रिय तर्फ जान इच्छा नराखेकाले पनि अहिले पुर्वाञ्चलबाट केन्द्रिय सदस्यका लागि आफु उपयुक्त उम्मेदवार रहेको उनको दाबी छ । केन्द्रिय सभापति शेर बहादुर देउवाको निकट रहेका डा.अन्सारी केन्द्रिय स्तरका नेताहरुसँग राम्रो चिनजान र पहुँच बनाएका युवा नेता हुन् ।

केन्द्रिय नेताहरुको सल्लाह र परामर्श लिएर केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको डा. अन्सारीले बताए । मध्यमवर्गीय परिवारमा जम्नु भएका डा. अन्सारीले अनमोल हस्पिटल प्रा.लि.बाट सुविधा सम्पन्न अस्पतालहरु सञ्चालनमा ल्याएका छन् । हाल उनी औषधि व्यवसायको अन्र्तराष्ट्रिय संयोजक पनि हुन् ।

सुनसरी क्षेत्र नं.४ को आर्थिक विपन्नतालाई आर्थिक सम्पन्नतातिर डोर्याउन भौतिक पुर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा पहलकदमीका लागि हमेशा जागरुक रहि कार्य गरिरहेका छन् ।