Saturday, 28, May, 2022

अवैध औषधीसहित चिनियाँ नागरिक पक्राउ

संखुवासभा, अवैध औषधीसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। जङ फुइन र उ् छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । संखुवासभा खाँदवारी नगरपालिका ९ तुम्लिङटारमा रहेको बुद्ध होटल एण्ड लजमा अवैध रुपमा भन्सार राजश्व छली ल्याएको औषधीसहित उनीहरु पक्राउ परेका हुन् ।

ुपिबीओजीु लेखेको कृषि बालीमा प्रयोग हुने औषधी (रुद्राक्षको बोटमा छर्कने) लुकाइ राखेको भन्ने सूचना पाएपछि विमानस्थलका सुरक्षा गार्ड र संखुवासभाबाट खटिएको संयुक्त टोलीले लजमा छापा मारेको थियो ।

कोठामा स्टोर गरी राखेको करिव ८०० के.जि बराबरको पिबीओजी औषधी भेटिएको प्रहरीले जानकारी दिएको छ।

बरामद भएको औषधीसहित दुई चिनियाँ नागरिकलाई कारवाहीका लागि राजश्व अनुन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ।