Saturday, 28, May, 2022

नेकपा एमालेको पालिका अधिवेशन आजदेखि

काठमाडौँ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि गाउँ–नगर पालिका तहको अधिवेशन हुँदैछ ।

देशभरका गाउँपालिका र नगरपालिकामा पूर्व निर्धारित तालिका अनुसार नै अधिवेशन हुने एमालेले जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

केही जिल्लामा भने आज पालिका अधिवेशन नहुने एमालेले जनाएको छ । गत शनिबार एमालेको वडा तहको अधिवेशन भएको थियो ।

आज हुने पालिका अधिवेशनले एक एकजना अध्यक्ष, उपाध्यक्ष र सचिव, दुई उपसचिवसहित महानगरपालिकामा १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका तथा गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्ने छ ।