Wednesday, 01, December, 2021

सर्वोच्चका १४ न्यायाधीशले फुलकोर्ट बहिष्कार गर्ने

काठमाडौं, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि डाकेको फुलकोर्ट ९पूर्ण बैठक० सर्वोच्चका १४ न्यायाधीशले बहिष्कार गर्ने भएका छ्न् । प्रधानन्यायाधीश जबराले भोलि सोमबार बस्ने फुलकोर्टको एजेन्डाबारे छलफल नै नगरी बैठक आह्वान गरेको भन्दै न्यायाधीशहरूले आपत्ति जनाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार डाकेको फुलकोर्टमा न्यायाधीश सहभागी नहुने भएका हुन् । प्रधानन्यायाधीश र नेपाल बार एशोसियसनका अधिकारीबीच आइतबार भएको छ्लफलमा प्रधानन्यायाधीश जबराले सोमबार फुलकोर्ट डाक्ने प्रतिबद्धता जनाएका थिए ।

भोलि बस्ने फूलकोर्टमा वरिष्ठ अधिवक्ता उपाधिको निर्णय गर्ने कार्यसूची राखिएको छ । प्रधानन्यायाधीश जबराले भोलिको बैठकमा न्यायपालिका सुधार कार्यदलको प्रतिवेदन सम्बन्धी एजेन्डा राखेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

सर्वोच्चका एक अधिकारीले अधिकांश न्यायाधीशहरू प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने मुडमा रहेको बताए । प्रधानन्यायाधीशले भोलि १:३० बजे बैठक डाकेका छन् ।

थप धारणा बनाउन सर्वोच्चका न्यायाधीशहरूको बैठक भोलि बिहान पुनस् बस्ने छ। बैठकमा १४ न्यायाधीशको उपस्थित रहेको थियो । अन्य ५ न्यायाधीशहरू कार्यालयमा उपस्थित थिएनन् ।

यस्तै प्रधानन्यायाधीश जबरा र बारका अधिकारीबीच आइतबार भेटवार्ता भएको थियो । बैठकमा न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको सुझाव प्रतिवेदन कार्यान्वयन, पेशी व्यवस्थापन, मन्त्री नियुक्तिमा प्रधानन्यायाधीशको संलग्नतालगायतका विषयमा छलफल भएको थियो ।