Wednesday, 01, December, 2021

साहित्यकार ढकालको भोजपुरको वाङ्मय पुस्तकप्रति राष्ट्रपतिको जिज्ञासा, के छ पुस्तकमा ?

राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार डा. विप्लव ढकालद्वारा लिखित प्रकाशोन्मुख ग्रन्थ ‘भोजपुरको वाङ्मयः प्रति चासो देखाएकी छन् ।

केहि समयअघि राष्ट्रपति भण्डारीले राष्ट्रपति निवासमै लेखक ढकाललाई निम्त्याई सो ग्रन्थका बारेमा चासो र जिज्ञासा राखेकी थिईन् ।

डा. ढकालले लामो समय लगाएर ‘भोजपुरको वाङ्मयः विमर्श तथा अभिलेखीकरण’ नामक ग्रन्थ तयार पारेका हुन् । पुस्तक अब केहि दिनमै प्रकाशन हुने उनले जानकारी दिए ।

भोजपुरको बौद्धिक सभ्यता र संस्कृतिबारे डा. ढकालले ग्रन्थमा उल्लेख गरेका छन् । यो पुस्तक उनले २०४१ सालदेखि नै लेख्न शुरु गरेको र अहिले भने लेखन कार्य सकिएको उनले बताए । यस पुस्तक लेखनका लागि लामो समय अध्ययन र अनुसन्धानमा लाग्नु परेका कारण पनि पुस्तक प्रकाशनमा समय लागेको उनले स्पष्ट पारे ।

याे पुस्तक नेपाली वाङ्मयकाे समावेशी इतिहासको पहिलो माेडेल हाे । यसमा माझकिरातमा बाेलिने सबै मातृभाषाहरूकाे वाङ्मयकाे सूक्ष्म अनुसन्धान गरिएकाे छ ।  गद्य कविका रुपमा समेत चर्चित डा. ढकालका कविता, नाटक एवं अनुसन्धानात्मक पुस्तक गरि १० वटा पुस्तक प्रकाशित छन् ।