Wednesday, 01, December, 2021

फेसियल हाउसको बम्पर उपहार, दशैं तिहारमा चम्किलो अनुहार : सुष्मा महरा, वरिष्ठ सौन्दर्यविद्

काठमाडौं,  वरिष्ठ सौन्दर्यकर्मी सुष्मा महराद्धारा सञ्चालित सौन्दर्य क्षेत्रमा स्थापित फेसियल हाउसले नेपालीहरुको महान् पर्व बडा दशैं तथा तिहारमा आफ्ना ग्राहकहरुको लागि बम्पर उपहार ल्याएको छ ।

फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । यसपटक चाडबाडलाई मध्यनजर गर्दै फेसियल हाउसले विभिन्न छुट सार्वजनिक गरेको हो । जसमा केराटिन हेयर स्मुथिङमा ५० प्रतिशत, रु. ३५०० मा माईक्रोबेल्डिङ, ब्युटिसियन तालिम लिन चाहनेहरुको लागि ६ महिने फुल कोर्समा २० प्रतिशत छुटका साथै सिक्दा लाग्ने सम्पुर्ण सामग्री निशुल्क उपलब्ध हुने फेसियल हाउसकी सञ्चालिका एवं सौन्दर्यविद् सुष्मा महराले बताईन् ।

नेपालको नम्बर वान व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउस स्थापनाको १३ वर्ष पुरा भइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरिन् ।

फेसियल हाउसको मुख्य शाखा काठमाडौं मलमा रहेको छ भने अन्य शाखाहरु सिटिसी महल, चावहिल गणेशस्थान र पोखरामा छन् । गुणस्तरयुक्त प्रविधि, अन्तर्राष्ट्रिय स्तरको सुबिधा र सेवामुलक भएको फेसियल हाउसमा जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् । यसका साथै यस फेसियल हाउसमा अन्तराष्ट्रिय स्तरको हेयर स्टायल, हेयर कलरिङ्ग, प्रोफेसनल मेकअप लगायतमा छुटको पनि ब्यबस्था गरिएको छ ।

फेसनेबल कलरहरु प्रयोग गर्ने फेसियल हाउसले चायापोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको महराले जानकारी दिइन् । ‘सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् ।

फेसियल हाउसको नयाँ शाखा अब सुर्खेतमा पनि

वरिष्ठ सौन्दर्यकर्मी सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसको नयाँ शाखा सुर्खेतमा सञ्चालनमा आएको छ । दसैं घटस्थापनाको दिन बिहीबार शाखाको उद्घाटन गरिएको छ । सौन्दर्यविद महराले एक कार्यक्रमबीच शाखाको उद्घाटन गरेकी हुन् ।

बिगत दुई दशकभन्दा बढि  समयदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी महाराले सञ्चालन गर्दै आएको फेसियल हाउसलाई वीरेन्द्रनगर सुर्खेतको न्यूरोडमा सञ्चालनमा ल्याइएको हो । स्थानीय युवा व्यापारीहरु विशाल ढकाल, उपेन्द्र खडका, डम्मर गौतम र मानव बम सहितको टिमको व्यवस्थापनमा शाखा सञ्चालनमा आएको हो ।

महराले फेसियल हाउस सौन्दर्य क्षेत्रमा स्थापित ब्राण्ड बनेको बताउँदै शाखाबाट पनि स्तरीय सेवा प्रदान हुनेमा विश्वस्त रहन आग्रह गरिन् । सुर्खेतमा फेसियल हाउसको पाँचौं शाखा खुलेको हो । सुविधासम्पन्न फेसियल हाउस महिलाहरुलाई मात्र लक्षित नगरी पुरुषका लागि पनि सेवा दिई संचालनमा आएको संस्था हो ।