Saturday, 28, May, 2022

पाकिस्तानमा भूकम्प, १८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा शक्तिशाली पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । आज बिहानै बलुचिस्तान प्रान्त केन्द्रविन्दु भएर भूकम्प गएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उद्धारकर्मीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा क्वेटा शहरमा मानिसहरु सडकमा निस्किएको देखिएको छ ।

भूकम्पका कारण भत्किएको भवनमा च्यापिएर मानिसहरुको ज्यान गएको हो । भूकम्पमा परी ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।