Saturday, 28, May, 2022

ओलीको रणनीति माओवादीलाई सखाप पार्ने छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रणनीति माओवादीलाई सखाप पार्ने रहेको बताएका छन् । उनले एमालेसँग प्रतिवाद गरेर अगाडि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्ता जाली, फटाहा भएको आरोप लगाए । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा दाहालले देशभर एमालेसँग प्रतिवाद नगरी चुनाव नजितिने बताए। देश र गणतन्त्र बचाउनतर्फ लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष दाहालले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउन एमालेविरुद्ध सशक्त ढंगले अगाडि बढ्नुपर्ने बताए । सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको उनको भनाइ थियो ।