Wednesday, 01, December, 2021

हजुरलाई नमस्ते परोपकारी अभियान र यति हस्पिटलको निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ सञ्चालन

काठमाडौं, काठमाडौंको बाफलमा निशुल्क स्वास्थ्इ शिविर सञ्चालन भएको छ । हजुरलाई नमस्ते परोपकारी अभियान र यति हस्पिटल बाफलको संयुक्त सहकार्यमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ सञ्चालन गरिएको हो ।

यति हस्पिटल प्रांगणमा गरिदैं आएको शिविरिमा गत बिहिबार मात्रै १ सयभन्दा बढिले स्वास्थ्य परिक्षण गराएको हजुरलाई नमस्ते परोपकारी अभियानका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । स्वयम्भु, बाफल र अस्पताल आउने बिरामीलाई मध्यनजर गरि शिविरको आयोजना गरिएको गरिएको उनले बताए । अब भने प्रत्येक शनिबार शिविर सञ्चालन गरिने उनले बताए । शिविरमा अप्रेशनबाहेकको सम्पुर्ण विशेषज्ञ सेवा प्रदान गरिएको संयोजक कुँवरले बताए ।

शिविरमा बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, दाँत र आँखा र मृगौला रोगसम्बन्धी विशेषज्ञले सेवा दिईने गरिएको छ । निशुल्क शिविर सञ्चालन हुँदा स्थानीयलाई सजिलो भएको र प्रत्येक शनिबार शिविर आयोजना गरिने सामाजिक अभियन्तासमेत रहेका कुँवरले रियलपाटीलाई जानकारी दिए ।

शिविरमा बढि मात्रामा स्त्री रोगसम्बन्धि समस्या लिएर बिरामीहरु आएको उनले बताए । हजुरलाई नमस्ते परोपकारी अभियान र यति हस्पिटल बाफलले प्रत्येक महिना काठमाडौं बाहेक अन्य जिल्लामा निशुल्क स्वास्थ्य शिविर गर्ने संयोजक कुँवरको भनाई छ । अबको अभियान काभ्रेको भुम्लुमा जाने रहेको पनि उनले जानकारी दिए ।