Tuesday, 26, October, 2021

त्रिशूलीमा कार खस्योखस्दा तीन जना बेपत्ता

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । एक जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार गए राति इच्छाकामना–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूलीमा खसेको हो । कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा पोखरा महानगरपालिका–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन्। उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। बेपत्ता हुनेमा पोखरा–१७ कै ६० वर्षीय प्रेमबहादुर भुजेल, ५५ वर्षीय लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।