Tuesday, 26, October, 2021

नेपालसँग सधैं मिलेर काम गर्न चाहान्छौं : पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौं, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन चाहेको बताएका छन् । दुई पक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने चाहाना पाकिस्तानको रहेको उनले बताएका छन् ।

बुधबार पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।