Tuesday, 26, October, 2021

बर्दियाको क्षेत्र नं २(ख) राजापुर नपा १ मा युवा नेता शाह क्षेत्रिय प्रतिनिधि चयन

काठमाडौ, नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन सम्पन्न गरेको छ । आज भएको अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन सम्पन्न भएको हो ।

मंगलबार सम्पन्न वडा अधिवेशनमा लुम्बिनी प्रदेश बर्दिया जिल्लाको क्षेत्र नं २( ख) राजापुर नगरपालिका वडा नं १ मा सामाजिक अभियन्ता एवं युवा नेता संयोग जंग शाह क्षेत्रिय प्रतिनिधि चयन भएका छन् । शाह विद्यार्थी जीवनदेखि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै नेपाल तरुण दलमा सक्रिय रहदै आएका छन् । स्वच्छ समाज निर्माण र देशको सेवा गर्ने उद्देश्यका साथ राजनीतिलाई निरन्तरता दिनुपर्ने धारण राख्ने शाह नेतृत्व लिनेको छवि सदैब असल रहनुपर्ने बताउँछन् । शाह ठकुरी सहयोग संजालको लुम्बिनी प्रदेश प्रमुखका साथै विभिन्न संघ संगठनमा पनि आवद्ध छन् ।

भदौ १८ गते देशभरका ६ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भने पनि तीमध्ये १३ जिल्लामा अधिवेशन हुन सकेको छैन । क्रियाशील सदस्यताको सूची नै सार्वजनिक नहुँदा प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन अन्यौलमा परेको छ ।