Tuesday, 26, October, 2021

जसले गरे निजि खर्चमा सडक बत्ती जडान

ललितपुर, सडकलाई सुरक्षित बनाउन रातिको समयमा मुख्य सडकहरूमा सडक बत्ती राख्नु अनिवार्य छ । सडक आसपासमा बत्ती नहुँदा दुर्घटना हुने खतरा उत्तिकै हुन्छ भने यात्रुहरु पनि आफुलाइ अध्यारोको समय असुरक्षित महसुस गर्छन् । केहि समयअघिसम्म ललितपुरको गोदावरी नगरपालिका ३ बियर फ्याक्ट्री देखि १२ वर्षे मेला लाग्ने गोदावरी कुण्डसम्म जाने बाटो बत्तीको उज्यालो नहुँदा रात परेपछि हिड्न मुस्किल थियो तर अब भने त्यो समस्या समाधान भएको छ ।

एक व्यक्तिले नै त्यहाँ आफ्नो व्यक्तिगत खर्चमा बत्ती जडान गरिदिएपछि सडक अहिले झलमल देखिन्छ । गोदावरी नगरपालीका ३ टौखेलका स्थानिय राज घिमिरेले आफ्नो निजि खर्चमा सडक बत्ती जडान गरिदिएपछि स्थानियहरुले राहतको महसुस गरेका छन् । समाजसेवामा निरन्तर खटिरहेका घिमिरेले गोदावरी नगरपालिका ३ बियर फ्याक्ट्रीदेखि मन्दिर परिसर र कुण्डसम्म जाने बाटोको लागि बत्ती जडान गरि उज्यालो पारेका हुन् ।

सडक बत्ती जडान गरिदिन पटक पटक स्थानिय निकायमा अनुरोध गर्दा पनि सुनुवाई नभएपछि स्थानिय दाजुभाईले आफुलाई जडान गरिदिनआग्रह गरेकाले आफु अघि बढेको उनले बताए ।

नजिकैका अन्य स्थानबाट पनि आफुलाई सडक बत्ती राखिदिन स्थानियले आग्रह गरेकाले त्यसको तयारीमा अहिले आफु लागेको समाजसेवी घिमिरेले बताए । सो बत्ति जडान गर्न अहोरात्र खट्ने सहयोगीहरुको साथबाट नै सम्भव भएकाले उनले सबैलाई धन्यवाद समेत दिएका छन् । राज भन्छन् – “मेरो अन्तिम सास रहेसम्म म कुनै पदमा नहुँदा पनि मैले सकेको सामाजिक कार्य, विकास निर्माण कार्य गरि नै रहन्छु ।”

चर्चित नेपाली चलचित्र चपली हाईटका नायकसमेत रहेका घिमिरे विश्वव्यापी कोरोना महामारीका बेला राहत वितरणमा पनि खटिएका थिए । कोरोना भाईरसबारे सचेतना फैलाउनेदेखि कोरानाको नयाँ भेरियन्टको संक्रमण ह्वात्तै बढेर जटिल प्रकारका संक्रमितले अस्पताल भरिभराउ हुँदा देशभर अक्सिजनको अभाव भएको बेला उनि एक्लै अक्सिजनको सिलिण्डर बोकेर संक्रमितका आफन्तकहाँ पनि पुगेका थिए ।

समाजसेवी घिमिरेले एम्बुलेन्स नपाएर अस्पताल जान आउन समस्या भई आपतविपतमा परेका बिरामीलाई समेत आफ्नो निजि गाडी दिदैं आएका छन् । अस्पतालमा उपचार गर्न नसक्ने अवस्थाका आर्थिक स्थिती नाजुक भएका बिरामीको उपचार समेत उनले गराउँदै आएका छन् ।

त्यसैगरि गरिब तथा जेहेन्दार विद्यार्थीका लागि पनि पढाई खर्च मासिक रुपले दिईरहेका छन् । घिमिरे लामो समयदेखि समस्या परेकाहरुलाई दिनरात नभनि नै सहयोगमा  जुटिरहेका छन । यदि कसैलाई  केहि  समस्य परेमा  मोबाईल नम्बर ९८५१०६२४५७ मा फोन गर्न समेत आग्रह उनले गरेका छन् ।

धार्मिक र पर्यटकीय स्थल गोदावरीलाई देश विदेशमा रहेका मानिसबीच चिनाउनु पर्छ भनेर पनि यस हिसाबले खटिरहेको उनि बताउँछन्  । गोदावरी होटल व्यवसायी संघको अध्यक्ष रहेका राज घिमिरे नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य पनि हुन् ।