Saturday, 11, September, 2021

संखुवासभामा एकै परिवारका ६ जनाको हत्जना को हत्या गर्ने पक्राउ

संखुवासभा, संखुवासभामा एकै परिवारका ६ जनाको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।  यही भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो ।  प्रहरीले हत्या आरोपमा तेजबहादुरका भनिजा पर्ने २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

प्रदेश १ प्रहरीले दिएको जानकारी उनी एक्लैले ६ जनाको हत्या गरेको खुलेको छ । आरोपीको बयानका आधारमा प्रहरीले बताए अनुसार काका तेज बहादुरले आफूलाई पटक–पटक हेप्ने अपमान गर्ने गरेको रिसले उनले तेज बहादुरको हत्या गर्ने योजना बनाएका थिए । परिवारका अन्यलाई भने हत्या गरेको देखेर पोल खुल्ने डरले उनले हत्या गरेको प्ररम्भिक बयानबाट देखिएको प्रहरीले जनाएका छन् ।

तेजबहादुरका दुई छोरा विदेशमा छन् । लोकबहादुर विदेश जाने प्रयास गर्दा पनि सकेका थिएनन् । यही विषयमा तेजबहादुरले उनलाई हेपेर भन्ने गरेका थिए । उनको हेपाइका कारण लोकबहादुर निकै रिसाएका थिए ।

२१ गते बिहा तेजबहादुर बाहिर निस्किएका थिए । बाटो ढुकेर बसेका लोक बहादुरले टाउकोमा घनले हानेर हत्या गरेका थिए । तेजबहादुरको हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि उनीहरुलाई पनि लोकबहादुले लखेटी लखेटी घनले हानेर हत्या गरे । घरनजिकै रहेको खोला छेउमा उनीहरुको शव फेला परेको थियो ।

आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीले देखेपछि उनीहरुलाई लखेटेर बारी प¥याइ हत्या गरेका थिए । त्यसपछि घरमा पसेर ८४ वर्षीया पार्वतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।