Wednesday, 08, September, 2021

त्रिशूली वाङ्गमय प्रतिष्ठानमा विभिन्न विभाग गठन

काठमाडौ, नुवाकोट स्थायी घर भई काठमाडौँलगायत देशका विभिन्न भागमा रही साहित्य सिर्जनामा सक्रिय सर्जकहरूको प्रिय र स्थापित संस्था त्रिशूली वाङ्गमय प्रतिष्ठान विभिन्न विभिन्न विभाग गठन गरिएको छ । भेलाले आगामी दुई बर्षका लागि तपसिलको कार्यसमिति अन्तर्गत कार्यविभिाजन सहित विभाग गठन गरेको हो । जसमा संगठन विभाग, आर्थिक विभाग, प्रचारप्रसार, प्रकाशन विभाग, कार्यक्रम विभागलगाएतका विभाग गठन गरिएको छ । संगठन विभागभित्र महासचिव श्यामराज पाठकको संयोजकत्वमा सदस्यहरु भैरवी ढुङ्गाना, बैरागी जेठा, कृष्ण किशु न्युपाने रहेका छन् । त्यसैगरि आर्थिक विभागमा राजेन्द्र डंगोलको संयोजकत्वमा लक्ष्मी रुम्बा, उत्तम बिचार भेटवाल रहेका छन् । प्रचारप्रशार तथा प्रशारण विभागमा राजेन्द्र घिमिरेको संयोजकत्वमा प्रभाती किरण, पुरु बिमल, सन्तोषी अधिकारी सदस्य रहेका छन् । कार्यक्रम  विभागमा पुरु लम्सालको संयोजकत्वमा जया ओझा, जितेन्द्र ठकुरी शुशिल रहेका छन् । यसरी विभिन्न विभाग गठन गर्दा प्रतिष्ठानको काम सहज र द्रुत गतिमा अघि बढ्ने भएकाले कार्यविभाजन गरिएको प्रतिष्ठानका अध्यक्ष आर एम डंगोलले बताए ।

प्रतिष्ठानले नुवाकोट जिल्लामा जन्मिएर राजधानी काठमाडौँलगायत देशका विभिन्न भागलाई कर्मथलो बनाएका साहित्यकारहरुलाई एउटै मञ्चमा समेटी विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिष्ठानले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा साहित्य यात्राहरु समेत आयोजना गर्दै आइ रहेको छ । त्यसैगरी अर्धवार्षिक रूपमा साहित्यिक पत्रिका त्रिशूली त्रिवेणी प्रकाशन पनि गर्दै आइरहेको छ । प्रतिष्ठानका अध्यक्ष एवम् कवि आरएम डङ्गोलले पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको संस्थाले साहित्यिक यात्रा र सिर्जनात्मक गतिविधि गर्दै आएको उल्लेख गरे । उनले कोरोना जोखिमकाबिच पनि प्रतिष्ठानले देश विदेशमा रहेका नुवाकोटेली स्रष्टाहरूलाई समेटेर भर्चुअल कवि गोष्ठीसमेत गरेको स्मरण गरे ।