Friday, 03, September, 2021

अमेरिकामा बाढीबाट एकै परिवारका तीन नेपालीको मृत्यु

एजेन्सी । भीषणा वर्षासँगै आएको बाढीका कारण अमेरिकाको न्यूयोर्कमा तीन नेपालीको मृत्यु भएको छ ।

न्यूर्योकमा बस्दै आएका सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनबेसीका एकै परिवाकार उनीहरुको बाढीबाट ज्यान गएको हो । युनाइटेड शेर्पा एसोसिएशन युएसए)का अनुसार मृत्यु हुनेमा आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र १९ महिने छोरा लोप्साङ रहेका छन् ।

अमेरिकाको उत्तर–पूर्वी राज्यहरुमा आइडा आँधीसँगै परेको भीषण वर्षा तथा टोर्नाडोका कारण जनजीवन प्रभावित भएको छ ।

विभिन्न राज्यमा गरेर बाढी तथा टोर्नाडोका कारण कम्तीमा ४१ जनाको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।