Tuesday, 17, August, 2021

ग्लोबल आईएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौँ । ग्लोबल आईएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुने गरी बढुवा भएका हुन् । झण्डै तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए ।

रेग्मीले अहिले ग्लोबल आईएमई बैंकको कर्जातर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरीवेक्षण गर्छन् । उनले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् ।

बैंकिङ क्षेत्रसँग सम्बन्धी दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम लिनुभएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिनुहुन्छ ।