Sunday, 08, August, 2021

वाग्मती र प्रदेश १ मा वर्षा हुने

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहान पानी परे पनि अहिले रोकिएको छ ।

प्रदेश १, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने अहिले पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मध्यम खालको वर्षा हुनेछ ।

दिउँसोको समयमा ठूलो वर्षाको सम्भावना नभए पनि राति भने केही ठाउँमा ठूलो पानी पर्ने छ । राति प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

मङ्गलवारदेखि भने मनसुन थप सक्रिय हुने सङ्केत देखिएकाले देशका धेरै ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।