Tuesday, 28, June, 2022

भारतसँगको पहिलो टेस्टमा इङ्ग्ल्यान्ड १८३ रनमा अलआउट

एजेन्सी । भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्ड पहिलो दिनमै अलआउट भएको छ ।

नटिंघममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले सबै विकेट गुमाउँदै १८३ रन मात्र बनाउन सक्यो । इङ्ग्ल्यान्डका लागि कप्तान जोए रुटले ६४ रनको अर्धशतकीय पारी खेले ।

जोनी बेयर्स्टोले २९, साम करण र ज्याक क्रलीले समान २७ तथा डम सिब्लीले १८ रन बनाए । इङ्ग्ल्यान्डलाई सस्तैमा समेट्न जस्प्रित बुम्राहले ४ विकेट लिए । यस्तै मोहमद शामीले ३, शार्दुल ठाकुरले २ र मोहमद सिराजले १ विकेट लिए ।

पहिलो दिनको खेल सकिँदा भारतले बिना विकेटको क्षतिमा २१ रन बनाएको छ । पाँच टेस्टको श्रृङ्खला खेल्न भारत हाल इङ्ग्ल्यान्ड भ्रमणमा छ ।