Tuesday, 20, July, 2021

इराकको बग्दादमा बम विस्फोट हुँदा २५ को मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादमा बम विस्फोट भएको छ । विस्फोटमा परि कम्तीमा २५ जनाको ज्यान गएको छ । दर्जनौँ व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ ।

विस्फोटमा परि महिला र बालबालिकाले पनि ज्यान गुमाएका छन् । मुस्लिम धर्मावलम्बीले इद पर्वको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो ।

विस्फोट व्यस्त बजारमा भएको थियो । केही पसलहरुमा समेत आगलागी भएको छ । इस्लामिक स्टेट आईएस समूहले घटनाको जिम्मेवारी लिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पछिल्लो ६ महिनामा बग्दादमा भएको यो सबैभन्दा घातक घटना भएको बीबीसीले जनाएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जिहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो ।