Wednesday, 14, July, 2021

गृहमन्त्री खाणलाई ठकुरी सहयोग सञ्जालको बधाई

बुटवल । ठकुरी सहयोग सञ्जाल लुम्बिनी प्रदेशका प्रमुख संयोग जंग शाहले मंगलवार नियुक्त भएका गृहमन्त्री बालकृष्ण खाणलाई बधाई दिएका छन् ।
सञ्जाल प्रमुख शाहले सिंगो ठकुरी समुदाय प्रतिनिधित्व गर्दै खाण गृहमन्त्री बन्नुभएकोमा समुदायमा ठूलो उत्साह आएको बताएका छन् । पार्टीको जिम्मेवार पदमा बसेका खाणले हिजोको दिनमा पनि राम्रो काम गरेकाले आगामी दिनमा पनि जनताको मन जित्ने शाहको दाबी छ ।                                   सञ्जालले गृहमन्त्री खाणलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । पार्टीको केन्द्रीय सदस्य र नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाण यसअघि सिँचाई र रक्षामन्त्री पनि भइसकेका छन् ।