Wednesday, 14, July, 2021

प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेका हुन् ।

बेलुका ६ बजे हुने भनिएको शपथ ग्रहण झन्डै दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा संविधानको धारा नै उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएपछि विवाद भएको थियो । त्यसपछि नियुक्ति पत्रमा सच्याएपछि देउवाले शपथ लिएका हुन् ।