Sunday, 11, July, 2021

एमाले विवाद : नेपाल समूह कोटेश्वरमा आन्तरिक छलफलमा

काठमाडौं । नेकपा एमालेमा माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।

आन्तरिक छलफलकै कारण आज बिहान ८ बजे हुने भनिएको मस्यौदामा हस्ताक्षरमा ढिलाइ भएको छ । नेपाल समूहको आन्तरिक छलफलपछि मात्र मस्यौदामा हस्ताक्षर हुने बताइएको छ । नेपाल समूहको अहिले कोटेश्वरमा छलफल भइरहेको छ ।

आजै सर्वोच्च अदालतको फैसला आउने सम्भावना छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका नेता भने हस्ताक्षरका लागि सिंहदरवारस्थित अर्थमन्त्रालयमा नेपाल समूहलाई कुरेर बसेका छन् । नेपाल समूह सिंहदरबार पुगेपछि मस्यौदामा हस्ताक्षर हुने बताइएको छ ।

सहमति लगत्तै एमालेको स्थायी कमिटी बैठक बस्ने तयारी छ । शनिबार दिनभर कार्यदलको बैठक बसेको थियो । आज मस्यौदामा हस्ताक्षर गर्ने भन्दै शनिबारको बैठक टुंगिएको थियो ।