Saturday, 10, July, 2021

नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा

एजेन्सी । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

गएराति बेलायतको राजधानी लण्डनमा भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् । जोकोभिचले सापोभालोभलाई ७–६, ७–५ र ७–५ को सोझो सेटमा पराजित गरेका हुन् ।

जोकोभिचले अब उपाधिका लागि इटलीका माटियो बेरेटिनीसँग खेल्नेछन् । पहिलो सेमिफाइनलमा पोल्यान्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियोले फाइनलको यात्रा तय गरिसकेका छन् ।