Friday, 09, July, 2021

२२ सय ३९ जनामा कोरोना संक्रमण, २० को मृत्यु

काठमाडौं, ११ हजार ३१३ नमूना परीक्षणमा २२ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ६६ सय ५७ नमूनाको पीसीआर र ४६ सय ५६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये पीसीआरबाट १४ सय ३९ जना र एन्टिजेन विधिबाट ७६० जना गरी २२ सय ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

यस्तै पछिल्लो २४ घन्टामा १३ सय १६ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत हो ।

मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ । बिहीबार कोरोनाबाट २९ जनाले ज्यान गुमाएका थिए । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।