Monday, 12, July, 2021

जोकोविच विम्बल्डन टेनिसको सेमिफाइनलमा

एजेन्सी । साविक विजेता नोभाक जोकोविच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हंगेरीका मार्टन फुक्सोविसलाई पराजित गरेर ३४ वर्षीय जोकोविचले अन्तिम चारमा स्थान बनाएका हुन् ।

जोकोविचले २९ वर्षीय मार्टनलाई ६–३, ६–४ र ६–४ को सेटमा पराजित गरेका हुन् । सर्बियन जोकोविचले १० औँ बरियताका डेनिस शापोभालोभसँग शुक्रबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

क्यानडियन डेनिसले २५ औँ बरियताका रुसी खेलाडी करेन खचानोभलाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

फाइनल जितेमा उनले रोजर फेडेरर र राफायल नाडालको सर्वाधिक ग्राण्डसलामको कीर्तिमानमा बराबरी गर्ने छन् ।