Saturday, 10, July, 2021

रोजर फेडेरर विम्बल्डन टेनिसको क्वाटरफाइनलबाट बाहिरिए

एजेन्सी । बीस पटकका ग्राण्डसलाम विजेता रोजर फेडेरर विम्बल्डन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

बुधबार राति भएको क्वाटरफाइनलमा ३९ वर्षीय फेडेरर हुबर्ट हुर्काजसँग सोझो सेटमा पराजित भएका हुन् ।

स्वीस खेलाडी फेडेररलाई १४ औँ बरियताका पोल्याण्डका हुबर्टले ६–३, ७–६, ७–४ र ६–० को सेटमा पराजित गरेका हुन् ।

फेडेररलाई पराजित गरेर हुबर्ट पहिलोपटक ग्राण्डसलामको सेमिफाइनलमा पुगेका छन्।

अब हुबर्टले आइतबार सातौँ बरियताका मातेओ बेरित्तिनीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।