Monday, 12, July, 2021

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने भएका छन् ।

ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । गलत तरिकाले आफ्नो आवाज दबाएको भन्दै उनले मुद्दा दर्ता गर्न लागेको बताए ।

यस वर्षको सुरुवातमा ट्रम्पका समर्थकले हिंसात्मक गतिविधि गर्न थालेपछि फेसबुक र ट्विटरले उनीमाथि प्रतिबन्ध लगाएको थियो ।

वासिङ्टनमा रहेको क्यापिटल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक सञ्जालहरुले ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् ।