Sunday, 11, July, 2021

पर्वतमा खोलाले गाडी बगाउँदा इन्जिनियरसहित ३ बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ मा सुन्दरे खोलाले गाडी बगाउँदा इन्जिनियरसहित तीन जना बेपत्ता भएका छन्।

मंगलबार राति खोला पार गर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका इन्जिनियर राजाराम आचार्य, गाडी चालक इन्द्र थारु र नाम खुल्न नसकेका अर्का एक व्यक्ति रहेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।

प्रहरीले राति १२ बजेदेखि बेपत्ताको खोजी गरिरहेको छ । तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। प्रहरीले मोदीखोलामा समेत उनीहरुको खोजी गरिरहेको छ । बाढीले सो क्षेत्रमा तीन घर पनि बगाएको छ।