Saturday, 10, July, 2021

एश्ली बार्टी विम्बल्डन टेनिसको सेमिफाइनलमा

एजेन्सी । विश्व नम्बर एक महिला टेनिस खेलाडी एश्ली बार्टी विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

आइला टोमल्हानोविकलाई पराजित गरेर २५ वर्षीया बार्टी पहिलोपटक विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेकी हुन् ।

बार्टीले ६–१ र ६–३ को सेटमा जित निकालेकी हुन्। अब उनले सेमिफाइनलमा एन्जेलिक्वी केर्बेरसँग प्रतिस्पर्धा गर्ने छिन्।