Saturday, 10, July, 2021

बर्दियामा बाघको आक्रमणबाट वृद्धको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट ज्यान गएको हो । उनको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको हो ।

घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो । योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।