Sunday, 11, July, 2021

युरो कपको सेमिफाइनलमा आज इटली र स्पेन खेल्ने

एजेन्सी । युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज इटली र स्पेन खेल्दैछन् ।

इङ्ग्ल्यान्डको वेम्बली मैदानमा सो खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको हो ।