Sunday, 11, July, 2021

भूमध्य सागरमा डुुङ्गा डुब्दा ४३ को मृत्यु

एजेन्सी । युरोप जान लागेका आप्रवासी चढेको एउटा डुङ्गा भूमध्य सागरमा डुब्दा ४३ जनाको ज्यान गएको छ । ८४ जनाको जिवितै उद्धार गरिएको छ ।

लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटलीतर्फ जाँदै गरेका व्यक्ति चढेको डुङ्गा ट्युनिसियाको सीमा नजिकै दुर्घटना भएको बीबीसीले जनाएको छ ।

डुङ्गामा इजिप्ट, सुडान, बङ्गलादेशलगायत देशका नागरिक चढेको बताइएको छ । द्वन्द्वका कारण केही वर्षयता मध्यपूर्व र अफ्रिकाका नागरिकहरु जोखिमयुक्त यात्रा गरेर युरोप प्रवेश गर्ने गरेका छन् ।