Friday, 09, July, 2021

अब कोरोना खोपको अभियान चल्छ : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने बताएका छन् । उनले अब खोप लगाउने अभियान नै चलाईने दावी पनि गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताए ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोप मार्फत कोरोना सर्न नपाउने स्थितिमा पु¥याउने बताए ।
उनले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने पनि बताएका छन् ।