Saturday, 10, July, 2021

काठमाडौँको थलीमा टिपरले च्यापिँदा श्रीमान् श्रीमतीको मृत्यु

काठमाडौं । काठमाडौँको थलीमा बालुवा बोकेको टिपरटिपरले च्यापिएर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । टिपर टहरामा पल्टिँदा उनीहरुको ज्यान गएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बा ५ ख २५११ नम्बरको टिपर आज बिहान साँखु चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा नुवाकोटका साइला तामाङ र जयन्ती तामाङ छन्। दुवै जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ।