Sunday, 11, July, 2021

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहान भएको क्वाटरफाइनल खेलमा चिलीलाई हराउँदै ब्राजिल अन्तिम चारमा पुगेको हो । ब्राजिलका लुकास पाक्केटाले खेलको ४६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो । ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ ।

आज बिहान भएको अर्को खेलमा पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा पुगेको छ ।