Monday, 12, July, 2021

महाकाली नदीमा पानीको वहाब खतरा तहनजिक, सतर्क रहन आग्रह (भिडियोसहित)

डडेल्धुरा, महाकाली नदीमा पानीको वहाव बढेर खतरा तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाकाले डडेल्धुराको परीगाउँनजिक पानीको वहाब बढेर खतराको तहनजिक पुगेको जानकारी दिएको हो ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार ५स्३० बजे महाकालीमा पानी वहाब ६.२ मिटर पुगेको छ । महाशाखाले महाकाली नदीको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले भोलि बिहानैसम्म सर्तक रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरी खतरा तहनजिक पुगेको र महाकाली नदी जलाधारमा थप वर्षा हुने पूर्वानुमान भएकाले महाकाली नदी तल्लो तटीय क्षेत्रका बासिन्दाले आईतबार बिहानसम्मै सतर्कता अपनाऔँ मशाखाले निकालेको सूचनामा उल्लेख छ