Monday, 12, July, 2021

सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण

सुर्खेत । सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा शुक्रबार राति शाहीको समूहमाथि आक्रमण भएको हो ।

आक्रमणमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । शाहीको समूह र स्थानीयबीच झडप भएको प्रहरीले जनाएको छ ।

शाहीसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोकबहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसीलगायतमाथि आक्रमण भएको शाहीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

शाहीको समूह निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न सुर्खेत पुगेको बेला सो घट्ना भएको हो ।